मनलाग्दो कर उठाउने पोखरा महानगरलाई लाग्यो झड्का,बढी कर नउठाउन उच्च अदालतको परमादेश
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । जनप्रतिनिधि आएपछि हचुवाको भरमा पोखरा महानगरपालिकाले कर बृद्धी गरी मनलाग्दो कर लिएको भन्दै सेवाग्राही अदालत पुगरेपछि उच्च अदालत पोखराले रोक लगाएको हो
गत वर्षको तुलनामा उच्च दरमा कर संकलन गरेपछि ज्ञानबहादुर कोइरालाले उच्च अदालत पोखरामा परमादेश आदेश माग गरेको थिए ।मुद्धाको सुनुवाई गर्दै मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले मंगलबार मुद्धाको अन्तिम टुंगो नलागेसम्म ऐनले तोकेभन्दा बढी सम्पति कर लिन नपाउने अन्तरिम आदेश जारी गरेको हो ।
पक्षमा वरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ताहरु गोविन्द पौडेल र सुरेन्द्र थापा मगरले बहस गरेका थिए । पत्यर्थीका तर्फबाट अधिवक्ता नारायण प्रसाद शर्माले बहस गरेका थिए ।
परमादेश यस्तो छः
Related