एकता सन्देश प्रवाह कार्यक्रम गर्न जिल्ला र स्थानिय संयन्त्रलाई नेकपा गण्डकी प्रदेशको निर्देशन
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ ।संयन्त्रमा तत्कालिन एमालेबाट जिल्ला ईञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट ईञ्चार्ज, सह ईञ्चार्ज र संयोजक सहित ५÷५ गरी १० सदस्य रहने नेकपा गण्डकी प्रदेशले पोखरामा विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेकपा गण्डकी प्रदेशले आफू मातहतका सम्पूर्ण संयन्त्रहरुलाई पार्टी एकता सन्देश प्रवाह कार्यक्रम गर्न निर्देशन पनि दिएको छ । बैठकले नेपालीको महान चाड बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा जिल्ला तथा स्थानिय संयन्त्रहरुलाई शुभकामना आदानप्रदानसहित पार्टी एकता सन्देश प्रवाह कार्यक्रम गर्न निर्देशन दिएको नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे जानकारी दिए ।
अध्यक्ष पाण्डेका अनुसार जिल्ला संयन्त्रले महानगरपालिकामा दश, नगरपालिकामा आठ र गाउँपालिकमा छ सदस्यीय पार्टी संयन्त्र गठन गरेर पार्टीका विधान, नियमावली र पार्टीको निर्देशनलाई आधार मानी तल्ला तहको पार्टी एकीकरण सम्बन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव दिनेछ ।
बैठकले आगामी कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ईञ्चार्ज र हितराज पाण्डे अध्यक्ष रहेको नेकपा गण्डकी प्रदेश कमिटीले यस्तो निर्देशन दिएको पत्रकार सम्मेलनमा जानकारी दिईयोे । प्रदेश कमिटीमा खगराज अधिकारी सह ईञ्चार्ज र सचिवमा गोविन्द नेपाली रहेका छन् ।
Related