निर्मला पन्तको हत्यार पक्तलगाउन नसकेको भन्दै बिद्यार्थी संगठनद्धारा आइजिपी खनाललाई बर्खास्त गर्न माग
तपाईको प्रतिक्रिया





काठमाडौं / कञ्चनपुरकी युवती निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घट्नाको दोषी पत्ता लगाउन नसकेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको राजिनमा माग गरेको छ ।
प्रहरी महानिरीक्षक खनालको कार्यशैली कमजोर भएको भन्दै उनीहरुले उनको राजिनामा मागेका हुन् । विभिन्न विद्यार्थी संगठनले आज बिहान सिंहदरवार अगाडि प्रर्दशन गर्दै राजिनामा माग गरेका छन् ।
प्रदर्शनमा विद्यार्थी नेताहरुले देशभरि अपराधिक गतिविधि बढ्दै गएको, अपराधीलाई पक्राउ गर्न नसक्नु र प्रहरी आफै नै घटनाको ढाकछोप गर्न लाग्दा पनि महानिरीक्षकले कुनै कदम नलिएको भन्दै महानिरीक्षक खनालको राजिनामा माग गरेका हुन् ।
गत साउन ११ गते कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या, एसिड प्रकरणमा प्रहरी चुकेको उनीहरुको आरोप विद्यार्थीहरुले लगाएका छन् ।
Related