किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ
/१९ आश्विन २०७५, शुक्रबार ०३:२९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । किष्ट बैंकका तत्कालिन प्रबन्ध संचालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्ञवालीलाई शुक्रबार बिहान पक्राउ गरेको महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६-६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो।
सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेका थिए। त्यसबेला देखि नै ज्ञवाली दम्पत्ति फरार भएका थिए।

Related