• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धादिङ-पाेखरा सम्पर्क समाजकाे अध्यक्षमा कृष्णबहादुर लम्साल

  •      /१९ आश्विन २०७५, शुक्रबार ०२:५८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा। । धादिङ–पोखरा सम्पर्क समाजको अध्यक्षमा कृष्णबहादुर लम्साल चयन भएका छन् । समाजको १० औं अधिवेशनबाट उनी अध्यक्ष पदमा चयन भएका हुन् । धादिङ नीलकण्ठ नगरपालिका निवासी लम्साल समाजको संस्थापक सदस्य हुँदै पटक–पटक सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका थिए ।

    अध्यक्ष पदमा लम्सालसहित ५ जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा उम्मेदवारी दिएका केदार धमला, युवराज खतिवडा, गोकर्ण लम्साल र युगमराज अगस्तीले उम्मेदवारी फिर्ता लिएपछि कृष्णबहादुर सर्वसम्मत भएका हुन् ।

    यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन पण्डित चयन भएका छन् । धादिङ गल्छी गाउँपालिका निवासी उनी यसअघि समाजमा सचिवको भूमिका निर्वाह गरेका थिए । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भु अधिकारी र हरि पन्तले उम्मेदवारी फिर्ता लिंदै पण्डितलाई सर्वसम्मत बनाएका थिए ।

    यस्तै उपाध्यक्षमा प्रेम नेपाली चयन भए । नीलकण्ठ नपाका उनी यसअघि कार्यसमिति सदस्यमा रहेर काम गरेका थिए ।यसैगरी महासचिवमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका रामप्रसाद पाण्डे राजु चयन भएका छन् । महासचिवमा उम्मेदवारी दिएका प्रकाश दुलालले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् ।

    यस्तै सचिव पदमा सिद्धलेक गाउँपालिकाकी सरस्वती श्रेष्ठ सरु चयन भएकी छन् ।उम्मेदवारी मनोनयनमै निर्विरोध भएकी उनी सिद्धलेक गाउँपालिका इकाइकी अध्यक्ष समेत हुन् ।

    यसैगरी कोषाध्यक्षमा रामकुमार घिमिरे र सहकोषाध्यक्षमा कमलबहादुर सापकोटा चयन भए । घिमिरे यसअघि सहकोषाध्यक्ष तथा सापाकोटा कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

    यस्तै कार्यसमिति सदस्यमा नीलकण्ठ नापाका माधव लम्साल, सीता श्रेष्ठ, गल्छी गाउँपालिकाका विजय श्रेष्ठ, सिद्धलेक गापाका रामप्रसाद दुवाडी, केशर पुलामी, ज्वालामुखी गापाका सरोज कुँवर, देवराज अर्याल र त्रिपुरासुन्दरी गापाका कृष्णप्रसाद थपलिया चयन भएका छन् । सदस्य माधव लम्साल बाहेक अरु सबै नयाँ अनुहार हुन् । लम्साल यसअघि कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.