• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पालिखेचोकमा डोजर चल्यो लामो समयदेखिको बिवादित घर भत्कीए

  •      /१९ आश्विन २०७५, शुक्रबार १२:०९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा  । पोखराको पालिखेचोकमा यसअघि भत्काउन बाँकी रहेका सबै संरचना भत्काईएको छ ।चार दशक अघिदेखि विवादमा रहेका पालिखेचोकका घरहरु दुई महिना अघिदेखि भत्काउन सुरु गरिएको हो। वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घर साउन दोस्रो साता भत्काइएको थियो । ओजोन बुक्स रहेको घर आज भत्काइएको हो ।

    वडा नं ४ का वडा अध्यक्ष शंकर बास्तोलाले  संरचना हटाईएसंगै पहिलो चरणको आँफूहरुको योजना सकिएको  बताए । उक्त ठाउँमा सडक विस्तार संगै केहि भागमा गार्डेन निर्माण गरिने बास्तोलाले बताए ।

    गत श्रावण १७ गतेदेखि पोखरा महानगरपालिकाको व्यस्त र साँघुरो बजार पालिखेचोकमा रहेका सडक मापदण्डभित्रका भत्काउन सुरु गरेको थियो । वडा कार्यालय र महानगरको संयुक्त पहलमा घरधनीलाई मुआब्जा दिएर घर भत्काईएको हो ।

    यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमै मुआब्जा निर्धारण समितिले गरेको निर्णयअनुसार काम अगाडि बढाइएको हो । लामो समयदेखि विवादित रहेको पालिखेचोकका घर भत्काउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

    साँघुरो चोक भएकाले पालिखेचोकमा गाडी जामको समस्यासमेत बढ्दै गइरहेको थियो । स्थानीयको बिरोधका कारण सम्भव भएको थिएन । त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए ।

    पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन । तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.