• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भुटानमा जारी साफ फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा,

  •      /१९ आश्विन २०७५, शुक्रबार १२:५३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

    भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालको जितमा गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनले ३ वटा पेनाल्टी प्रहार रोक्नुका साथै पेनाल्टीमा १ गोल गरिन्।

    निर्धारित समय र थप गरिएको ३० मिनेटमा खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।त्यसअघि खेलको २३ मिनेट मिनेटमा रश्मीकुमारी सिसिङले गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। तर दोस्रो हाफमा भारतकी टाडु जबामानीले बराबरी गोल फर्काउन सफल भइन्।

    अब नेपालले फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेशको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो।

    समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो/

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.