बलात्कारीलाई सर्वोस्व सहित आजिवन कारावास ब्यबस्था गर्न सांसद पहारीको माग
/२० आश्विन २०७५, शनिबार १२:०३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।गण्डकी प्रदेशका साँसद राजिव पहारीले बलात्कारीलाई सर्वोस्व सहित आजिवन कारावास सजायँको व्यवस्था हुनुपर्ने बताएका छन् । लेकसाइड डोजाङ्गद्वारा पोखरामा आयोजित आत्मरक्षा सम्बन्धि एक महिने निःशुल्क तालिमको समापनका अवसरमा बोल्दै पहारीले बलात्कारीलाई कडा कारवाहीको नियम नबनाएसम्म अपराधिहरु सक्रिय भइरहने बताए ।
उनले पछिल्लो समय समाजमा हिंसात्मक घटना बढ्दै उल्लेख गरे । दिनहुँ जसो भइरहेका बलात्कारका घटना सामाजिक अपराध भएको भन्दै यसमा सरकारलाई दोष लगाइरहन उचित नहुने तर्क प्रस्तुत गरे ।
सोही अवसरमा साँसद पहारीले तालिम सम्पन्न गरेका सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराईले महिलाहरुलाई दिइने आत्मरक्षा सम्बन्धि तालिमले महिलाहरु आफुमाथि हुने अपराधबाट जोगिन सहयोगी हुने बताइन् । उनले यस्तो तालिम ठाउँ ठाउँमा सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।

Related