• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

टी–२० विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

  •      /२० आश्विन २०७५, शनिबार ०५:१३ ,  प्रकाशीत
  • काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।

    मलेसियाले दिएको १ सय १ रनको लक्ष्य १२.४ ‌ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो। नेपालको जितमा कप्तान पारस खड्काले नटआउट ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन जोडे। पारसले ३७ बलमा ५ चौका र २ छक्का तथा ज्ञानेन्द्रले २४ बलमा २ चौका र १ छक्का हिर्काए। ओपनरद्वय अनिलकुमार साह १ रन र विनोद भण्डारी १२ रनमा आउट भए।

    त्यसअघि बायुमास ओभलमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसिया ३ बल खेल्न बाँकी छदा १०० रनमा अलआउट भयो।

    मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान साफिक सरिफले सबैभन्दा बढि ४९ रन जोडे। उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओपनर सयद अइजाजले १३ रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    बलिङमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट हात पारे।

    सन्दीपले १३औं ओभरमा नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए। उनले ४९ रन बनाएर खेलिरहेका साफिक सरिफलाई सोमपाल कामीको हातबाट क्याच गराएका थिए। लगत्तै अर्को बलमा उनले विरन्दीप सिंहलाई शून्य रनमा आउट गरे।

    १२औं ओभरमा सोमपाल कामीले लगातार २ विकेट लिए। उनले अहमेद फइज र मोहमद साहजादलाई शून्य रनमा बोल्ड गरे।

    यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।

    प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.