स्याङ्जा / सुस्त मनःस्थितिकी १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ४८ वर्षे जुद्धबहादुर भण्डारीलाई प्रहरीले पक्रेको छ। पुतलीबजार नगरपालिका–१४ निवासी बालिकालाई बाख्रा चराएर घर फर्कने क्रममा उनले करणी गरेको प्रहरीले जनाएको छ। शुक्रबार बाबुसँग जंगलमा वस्तु चराउन गएकी बालिकालाई त्यही बेला छिमेकी भण्डारीले पैसाको लोभ देखाएर करणी गरेको प्रहरीले जनाएको छ।
‘जंगलमा बालिकाको मुख थुनेर कसैलाई नभन्नु भनेर धम्की दिई करणी गरेको थाहा भएको छ’, प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भण्डारीले चाउचाउ खाउ भनेर ३ वटा २० रुपैयाँको नोट दिएर फकाउने प्रयास गरेको देखिन्छ।’
घर फर्केपछि नुहाउने क्रममा पीडित बालिकाले यौनांगमा पीडा भएको बताएपछि आमाबुबाले सोधखोज गरेका थिए। सोधखोज गर्ने क्रममा घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो। अभिभावकको किटानी जाहेरी बमोजिम आरोपितलाई करणी मुद्दामा ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

Related