१० वर्षीय बालिका श्रेया बिकको हत्यारा कसुम पौडेल पुर्पक्षको लागी जेल चलान
/२३ आश्विन २०७५, मंगलवार १५:४७ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।पोखराकी १० वर्षीय बालिका श्रेया बिक सुनारको हत्यारा कुसुम पौडेललाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ । कास्की प्रहरीले मंगलबार सरकारी वकिल मार्फत जिल्ला अदालत कास्कीमा पेश गरेपछि पौडेललाई जिल्ला न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलासबाट पुर्पक्षका लागी कारागार पठाइएको हो ।
कास्की पुम्दीभुम्दीकी बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा घटना घटेको भोलिपल्ट असोज १० गते कुसुम पक्राउ परेका थिए । अहिलेसम्म प्रहरी हिरासतमा रहेका पौडेलले कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।
अदालतमा भएको थुनछेक बहसमा कुसुम पौडेलले आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । रक्सीमा मात्तिएर श्रीयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलको बयान छ । पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रीयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिए ।
श्रीयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका छन् ।
मंगलबार सम्पन्न थुनछेकबाट मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७५ को दफा ६७ बमोजिम मुद्धाको पुर्पक्षका लागी पौडेललाई कानुन बमोजिम सुविधा पाउने गरी थुनुवा पुर्जी दिइ थुनामा राख्न जिल्ला कारागार कास्की पठाइएको हो ।
गत असोज ८ गते कास्कीको पुम्दी भुम्दि कोदीमा पौडेलले श्रेया बिकको बलात्कार पछि हत्या गरेका थिए । हत्या भएको १८ घण्टा भित्र पौडेललाई पक्राउ गर्न सफल भएको थियो ।

Related