पोखरामा चक्कु प्रहार गरेकाे अाराेपमा अष्ट्रियन नागरिक पक्राउ
/२३ आश्विन २०७५, मंगलवार ०७:२८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा। पोखरा लेकसाइड –६ खहरे बस्ने तनहुँका ३४ वर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियाका नागरिक ३३ वर्षीय डोमिनिक एडर पक्राउ परेका छन्।
एडरलाई पोखरा महानगरपालिका–६ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेका डोमिनिकले सेदी खहरे जाने क्रममा सेदीको पुलमा श्रेष्ठलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
चक्कु प्रहार गरेको खबर पाउनासाथ खटिएको वडा प्रहरी कार्यालय बैदामको प्रहरीले उनलाई पक्राउ गरेको हो।घाइते श्रेष्ठलाई उपचारको लागि चरक मेमोरियल अस्पताल लगिएको छ। एडरमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Related