सरकारी वकिल कार्यालय कास्कीबाट सहन्यायाधीवक्ता पाँच लाख घुस सहित पक्राउ
/२४ आश्विन २०७५, बुधबार ०४:२९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा।कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो।
अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। ‘कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा टोली पुग्दा पाँच लाख नगदसहित पक्राउ गरिएको हो,’ ढकालले भने।
थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए। उनी शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोली पछि लागेको थियो।

Related