• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उपल्लो मुस्ताङमा नयाँ एयरपोर्ट बनाउने योजनामा सरकार अघिबढ्यो डिपिआर

  •      /२५ आश्विन २०७५, बिहीबार ०४:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा/उपल्लो मुस्ताङमा नयाँ एयरपोर्ट निर्माणको लागि डिपिआरको काम सुरु गरिएको छ। बुधबार घटस्थापनाको दिन साइत हेरेर सर्वेक्षणको काम सुरु गरिएको मुस्ताङबाट प्रदेशसभा सदस्यमा निर्वाचित इन्द्रधारा विष्टले जानकारी दिए।

    ‘धेरै पहिलेदेखि यसको चर्चा भइरहेको थियो’, उनले भने, ‘अब भने यसले पक्कै गति लिनेछ। घटस्थापनाको दिन साइत पारेरै काम सुरु गरिएको छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारी ज्यूको अग्रसरतामा अहिले प्राविधिक टोली गएर काम सुरु गरेको हो।’

    उपल्लो मुस्ताङ आवतजवत गर्नका साथै दामोदरकुण्डसँगै विभिन्न धार्मिक क्षेत्रमा जाने तीर्थयात्रीहरुलाई लक्षित गरेर विमानस्थल निर्माणको अवधारणा ल्याइएको विष्टको भनाइ छ।

    बुधबार भएको निरीक्षणमा उद्घाटन कार्यक्रममा प्राविधिक टोलीसँगै प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, ल्होघेकार दामोदरकुण्ड गाउँपालिकाका प्रमुख राजु विष्ट, वडाध्यक्ष टासीढिन्डु ठकुरी, पूर्वगाविस अध्यक्ष माया विष्टलगायत स्थानीयहरुको सहभागिता रहेको थियो।

    नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेको नेतृत्वको प्राविधिक समूहले विमानस्थल निर्माणको लागि भौगोलिक सर्वेको काम सुरु गरेको हो। अब उक्त टोली नापजाँचको प्रारम्भीक रिपोर्ट लिएर मात्र फर्कने विष्टको भनाइ छ। विमानस्थल सर्वेको काम पर्यटन मन्त्रालकै कार्यक्रमअनुसार गरिएको उनले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.