• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पार्टीपंतिनै असन्तुष्ट देखिएपछि काठमाण्ढौं ७ बाट चुनाब लड्ने निर्णयबाट पछिहटे बामदेब

  •      /२५ आश्विन २०७५, बिहीबार १४:५१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा।नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने आफ्नो निर्णयबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम तत्कालका लागि उपचुनावबाट सांसद बन्ने चाहनाबाट पछि हटेका हुन् ।

    गौतमलाई सांसद बनाउन भन्दै रामवीर मानन्धरले निर्वाचन क्षेत्र खाली गर्नका लागि राजीनामा दिने घोषणा नै गरेका थिए । उनले पद छाड्न तयार रहेको भनी पार्टीमा समेत पत्र दिएका थिए ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने तयारीको विपक्षमा देखिए । प्रधानमन्त्री ओलीले आफूसँग परामर्श नै नगरी रामवीरले राजीनामा दिने घोषणा गरेको भन्दै तिब्र असन्तुष्टि जनाएका थिए ।

    स्रोतका अनुसार गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै संवाद गरेका थिए । नेताहरुबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निश्कर्षमा पुगेका हुन् । स्रोतले भन्यो ‘गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने निर्णयमा पुग्नुभएको छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.