• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स कैलाश चौतारीको चर्टरनाइट तथा शुभकामना आदान प्रदान

  •      /२५ आश्विन २०७५, बिहीबार ०९:२४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा।सामाजीक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लव अफ पोखरा कैलाश चौतारीले तेस्रो चर्टरनाइट तथा बिजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। क्लवले बुधवार एक कार्यक्रमको आयोजनागरी तेस्रो बार्षिक उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो। कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर धनराज आचार्यले दिपप्रज्लन र केक काटेर गरेका थिए।

    कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बी १ नेपालका निवर्तमान डिष्ट्रिक गभर्नर धनराज आचार्यले क्लवले स्थापनाको छोटो समयमा नै समाज सेवाका महत्वपूर्ण कार्य गरेको बताए। ‘क्लवले स्थापना भएको छोटो समयमा तीन कोठे बिद्यालय भवन समेत निर्माण गरेको छ’ उनले भने। ‘क्लवले अन्य स्वास्थ्य, शिक्षा, वातावारण लगायत दर्जनौं क्षेत्रमा समेत कार्य गरेको छ।’

    कार्यक्रमका बिशेष अतिथि पोखरा उद्योगबाणिज्य संघका अध्यक्ष दामु अधिकारीले लायन्सले समाज सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। ‘लायन्सले समाज सेवाको अतिरिक्त लिडरशिप, फेलोशिप बढाएको छ’ उनले भने। ‘त्यसको ज्वलन्त उदायहरण मै हुँ, आज लायन्सकै कारण मैले उद्योगबाणिज्य संघको चुनाबमा बिजयी भएको हुँ।’

    लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीका पूर्व अध्यक्ष पवित्र मणी पोखरेल, शारदा शर्मा,चिफ एडभाइजर धुर्व श्रेष्ठ लगायतले क्लवले समाज सेवामा गरेको योगदानको प्रसंसा गरेका थिए।

    कार्यक्रममा कैलाश चौतारीका चार्टर एवं निवर्तमान अध्यक्ष यादव पोखरेलले आफ्नो कार्यकालमा सहयोग पु¥याउनुहुने क्लव तथा डिष्ट्रिकका पदाधिकारीहरुलाई मायाको चिनोले सम्मान गरेका थिए भने परिवारका तर्फबाट प्लसटुमा उत्तिर्ण छोराछोरीहरुलाई समेत सम्मान गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष नवराज वाग्लेले गरेका थिए भने सञ्चालन तृतिय उपाध्यक्ष लेखनाथ सुवेदीले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.