सरकारको निर्देशनको अबज्ञा गर्दै यातयात व्यवसायी ,यात्रुसँग दोब्बर भाडा असुल्दै
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । प्रत्येक वर्ष दसैंको बेला घर जान यात्रुले सास्ती खेप्नुपर्छ । त्यसमा पनि भनेको बेला घर जाने टिकन नपाउने पुरानै समस्या हो । त्यसमा पनि दसैंकै बेला व्यवसायीले यात्रुहरुलाई विभिन्न बहानामा थप समस्या दिने गर्छन् । अहिले यातयात व्यवसायीहरुले गाडी रिजर्वको बहानामा यात्रुसँग दोब्बर भाडा असुल गर्दै आएका छन् ।
खासगरी काठमाडामौं, पोखरा लगायत मुलुकका विभिन्न स्थानबाट बाहिरिने यात्रुको चाप बढ्दै गएको छ । यात्रुको चाप थेगिनसक्नु छ । अहिले रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले यात्रुसँग दोब्बर भाडा अशुल गरिरहेका छन् ।
ब्यवसायीले पेटेलियम पदार्थको मुल्य बृद्धी भएपछि सरकार संग १० प्रतिशत भाडा बृद्धी गर्ने सहमति गरेपनि करिव ३० प्रतिशत देखि ५० प्रतिशत सम्म भाडा उठाएको सर्वसाधारणले गुनाशो गरेका छन्। तर, यसको नियमन गर्ने निकाय भने मौन छ ।
दोब्बर भाडा असुलीको मारमा दशैंको मुखमा काठमाडौं लगायत विभिन्न् नाकाबाट बाहरिने छोटा तथा लामा दूरीका सवारीका यात्रु परेका छन् । काण्पाण्डौंका कलंकी र कोटेश्वर र नयाँ तथा पुरानो बसपार्कबाट छुट्ने केही लामो दूरीका बसमा पनि यात्रुसँग दोब्बर भाडा असुली भइरहेको छ भने पोखरा लगायतका स्थानबाट छुट्ने बसको अवस्थापनि त्यस्तैछ।
अहिले बल्खुबाट छुट्ने अधिकांश टाटा सुमोहरुले टिकट दिएका छैनन् । टिकट दिए पनि रकम काउन्टरबाहिर दलालमार्फत उठाएर साविककै भाडादर लेखेर टिकट थमाउने गरेका छन् ।
कलंकीबाट छुट्ने चितवन चल्ने माइक्रोले पनि बढी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।
ट्राफिक प्रहरीले पनि अनुगमन र निगरानी बढाइएको दावी गरेको छ । तर, यात्रु भने दलालमार्फत बढी भाडा तिर्दै उपत्यका छोड्न बाध्य बनेका छन् । कतिपय ठाउँमा त ट्राफिक प्रहरी नै मौन बस्न बाध्य भएको छ ।
Related