• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नागरिक र कान्तिपुर दैनिकका पूर्वप्रकाशक ज्ञवालीको निधन

  •      /२८ आश्विन २०७५, आईतवार ०४:३८ ,  प्रकाशीत
  • काठमाडौं : नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ। ७९ वर्षीय ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। चिकित्सकहरूले ज्ञवालीलाई माइल्ड अट्याक भएको जनाएका छन् ।

    ज्ञवाली नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुन्। यो मिडियाले नागरिक दैनिक र माइ रिपब्लिका अंग्रेजी दैनिक प्रकाशित गरिरहेको छ ।

    नेपालमा निजी क्षेत्रको पत्रकारिताको विकासमा उनको विशेष योगदान रहेको थियो। ज्ञवालीलार्इ नेपालको निजी क्षेत्रको पत्रकारितालार्इ व्यवसायिक बनाएको श्रेय पनि जान्छ । ज्ञवालीको जन्म वि.स. १९९५ चैतमा गुल्मीमा भएको थियो । उनका श्रीमती र तीन छोरा रहेका छन्।
    को हुन् ज्ञवाली ?
    उनी कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए । २०४७ को संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गरेसँगै ज्ञवालीसहितको टोलीले २०४९ फागुन ७ गते कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेको थियो ।

    २०४६ को राजनीतिक परिवर्तनपछि निजी क्षेत्रबाट कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेर व्यावसायिक पत्रकारिताको थालनी गरेका थिए । उनलाई नेपाली पत्रकारितामा व्यवसायी पत्रकारिताको प्रवेश गराउने धरोहरका रुपमा लिइने गरिएको छ ।

    कान्तिपुर पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारितामा नयाँ युग सुरु भएको हो। ज्ञवाली २०६२/०६३ को जनआन्दोलनपछि स्थापित अर्को सञ्चार गृह नेपाल रिपब्लिक मिडियाको संस्थापक अध्यक्ष बनेका थिए । निजी क्षेत्रबाट ठूलो लगानीमा पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारिताले व्यावसायिक स्वरूप ग्रहण गरेको हो ।

    उनी जयतु संस्कृतमका संस्कृतमको स्वर्ण महोत्सव २०५४ का बेला संस्थाको कोषाध्यक्ष थिए । श्रीभद्र शर्माको निधनपछि ज्ञवाली सो संस्थाको अध्यक्ष भएका थिए ।

    भुवनेश्वर र पूर्णकुमारीका कोखबाट १९९५ साल चैत १७ गते रामनवमीका दिन गुल्मी जिल्लाको मानकोटमा जन्मिएका ज्ञवालीले वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका थिए । २०१७ देखि सरकारी सेवामा प्रवेश गरेका ज्ञवालीले २०४४ सम्म तत्कालीन श्री ५ को सरकारको सेवामा प्रमुख जिल्ला अधिकारी, महानिर्देशक र सहसचिव जस्ता पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

    अध्यात्म र सनातन धर्मप्रति आस्थावान् ज्ञवालीका भन्सार प्रशासन एक विवेचना, योगवाशिष्ठसार, माण्डूक्योपनिषद्, पुष्पाञ्जलि, पौरखी पुर्खा र मेरो जीवनका पानाहरू, हाम्रो बद्री केदार यात्रा, हनुमान स्मृतिसहित दर्जन बढी कृति प्रकाशित छन् ।

    कला, साहित्य, संस्कृतिसहितका विषयमा निरन्तर कलम चलाउँदै आएका ज्ञवालीले विभिन्न धर्मग्रन्थको नेपालीमा अनुवाद गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.