• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घुस लिएर भाग्दा भाग्दै पक्राउ परे इन्सपेक्टर र सिपाही

  •      /२८ आश्विन २०७५, आईतवार १०:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    सुर्खेतः घुस लिएर भाग्दै गरेका एक इन्सपेक्टर ९प्रहरी निरीक्षक० आइतवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्जार्जसमेत रहेका इन्सपेक्टर सुशोभन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    सेवाग्राहीसँग घुस रकम लिएर भाग्दै गरेका इन्सपेक्टर श्रेष्ठसँगै प्रहरी जवान तिलक लामिछाने पनि पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले इलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठ र प्रहरी जवान लामिछानेलाई घुससहित पक्राउ गरिएको जनाएको छ ।

    पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट सेवाग्राहीसँग १५ हजार घुस मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आइतवार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले घुससहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    ‘स्थानीय एउटा सुनचाँदी पसलमा चोरी भएको रहेछ, त्यही घटनामा चोरलाई पक्राउ गर्नमा सहजिकरण गरिदिए वापत प्रहरीले घुस मागेको उजुरी हामीकहाँ आएको थियो’, डाँगीले भने, ‘उजुरीका आधारमा हामीले छापा मारेका थियौं, घुस लिएर भाग्दै गर्दा उनीहरुलाई हाम्रो टोलीले समातेको हो ।’ पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.