चीनबाट रेल ल्याउँदा ४ सय खर्ब लाग्छ, कसरी सम्भब छ रेल कम्युनिष्ट सरकारको हावादारी योजना हो यो : डा. महत
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारका हावादारी गफले विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।
पोखरेली लेखक संघको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रियामा बोल्दै पूर्व अर्थमन्त्री महतले ‘सरकार हावादारी गफ गर्न मै सिमित रहेको’ टिप्पणी गरेका हुन् ।
डा. महतले भने, ‘चीन र भारतबाट रेल ल्याउने विषय सजिलो छैन । चीनबाट रेल ल्याउँदा ४ सय खर्व लाग्छ कति हो ४ सय खर्ब भन्ने उनले प्रश्न गरे अघि भने- भारतबाट रेल ल्याउँदा पनि त्यस्तै महंगो पर्ने भएकोले ऋण लिएर रेल ल्याउन सम्भवना छैन ।’
सरकर दुरदर्शी, व्यवस्थापकीय क्षमता, इमान्दार हुनु पर्नेमा त्यसो हुन नसकेको महतको भनाइ थियो । सरकारका गलत काम र रबैयालाई सुधार गर्न नेपाली कांग्रेस सचेत हुनुपर्ने पनि उनले बताए ।
Related