• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यतायात ब्यवसायीद्धारा दशैंको मौकामा मनपरि भाडा असुली

  •      /२८ आश्विन २०७५, आईतवार ०५:५६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पर्वत : सवारी साधनले मनपरि भाडा असुली गरेपछि पर्वका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरणहरु चरम मारमा परेका छन्। पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पन ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरि भाडा असुली भइरहेको छ।

    घण्टौँ पैदल यात्रा गर्नुपर्ने, भेडाबाख्रा खाँदिएजस्तै खाँदिएका यात्रा गर्नुपर्ने बाध्यता रहेको र यात्रुहरुको चापको मौकामा यातायात व्यवसायीहरुको मनपरि भाडा असुली गरिरहेका छन्। ‘हिँडेर जान आउन कठिन भो, गाडी चढ्ने बानी प¥यो, चढौँ भने सवारीले मनपरि भाडा लिन्छन्,’ पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका महेश्वर शर्मा भन्छन, ‘ यत्रो भाडा लाग्छ? भन्दा कन्डक्टरले भाडा नभए यहीँ झर्नुहोस्, हामीलाई यात्रुको अभाव छैन भन्छन्।’

    पर्वतमा रहेको कुल एक हजार ४४ किलोमिटर सडकमध्ये ६३ किलोमिटर कालोपत्रे गरिएको, ६० किलोमिटर ग्राबेल गरिएको र ८८० किलोमिटर सडक कच्ची छ। कच्ची र ग्रामीण सडकमा चल्ने सवारीहरुको मनोमानी छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतमा रहेको तथ्यांकअनुसार पर्वतमा रुट परमिट प्रदान गरिएका सडकमा जिपले प्रतिकिलोमिटर साढे आठ रुपैयाँ र बसले साढे सात रुपैयाँ लिने प्रावधान छ। तर, सवारी साधनहरुले भने तेब्बरसम्म भाडा असुली गरिहेको यात्रुको गुनासो छ। व्यवसायीहरुले भने मनपरि भाडा नलिएको र क्षमताभन्दा धेरै यात्रु नराखेको दावी गर्दै आएका छन्।

    ग्रामीण क्षेत्रमा कालोपत्रे सडकजस्तो सहज नहुने भएकाले भाडा केही मात्र महँगो हुनु अस्वभाविक नभएको उनीहरुको तर्क छ। ‘गाडीमा चढ्न खोज्ने धेरै हुन्छन्, तँ चढ, तँ नचढ भन्न भएन। गाउँमै जाने गाडी त्यही गाउँका मान्छे त चढ्ने नै भए। त्यही पनि हामीले क्षमताभन्दा बढी त राखेका छैनौँ।’ यातायात व्यवसायी कुमार श्रेष्ठले भने, ‘पिचमा चल्ने गाडीको भन्दा ग्रामीण क्षेत्रमा चल्नेको भाडा केही महँगो त हुने नै भयो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.