• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा पहिलो पटक ‘प्याराग्लाइडिङ विश्वकप’, १६ देशका खेलाडी सहभागी हुने

  •      /२८ आश्विन २०७५, आईतवार १५:३० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    स्याङ्जा/ स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा अागामी कार्तिक १५ गतेदेखि ‘प्याराग्लाइडिङ विश्वकप’ हुुने भएको छ ।नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एडभेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप हुन लागेकाे हो ।

    ईन्डोनेसियामा सम्पन्न १८औं एशियन गेममा नेपालको लागि एकमात्र रजत पदक दिलाउन सफल खेल प्याराग्लाइडिङको पहिलो पटक पहिलो नेपाल प्याराग्लाईडिङ एक्युरेसी विश्वकप २०१८ आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

    पहिलो पटक नेपालमा हुुन लागेको विश्वकपमा १६ देशका खेलाडी सहभागी हुने भएका छन् । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए ।

    प्रतियोगिताका विजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्नेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.