५० लाखको आर्थिक कारोबार गर्दै शुक्लागण्डकी लायन्स महोत्सव सम्पन्न
/२९ आश्विन २०७५, सोमबार १४:२२ , प्रकाशीत
शुभेच्छा न्यूज
दुलेगौँडा । दुलेगौँडा सामाजिक सेवा संगै आर्थिक विकासको पुर्वाधार ,लायन्स महोत्सव समृद्ध शुक्लागण्डकीको आधार भन्ने नाराका साथ आयोजित तनहुँको बेलचौतारामा आयोजित प्रथम शुक्लागण्डकी लायन्स महोत्सव २०७५ आइतबारबाट सकिएको छ । असोज १९ गते बाट शुरु भएको महोत्सवको आइतबार समापन गरिएको हो ।
महोत्सव अवधिभर ५० लाखको कारोबार र २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवत्ता दुर्गा कुमार श्रेष्ठले जानकारी दिए । आयोजकको लक्ष्य अनुरुप महोत्सवमा दर्शकको आवागमन नभए पनि प्रवक्ता श्रेष्ठले आफुहरु शतप्रतिशत सफल भएको दाबी गरे ।
महोत्सवको समापन गर्दै गण्डकी प्रदेश सांसद आशा कोइरालाले राष्ट्रको विकास र समृद्धिको महान् अभियानमा भुमिका निर्वाह गर्न युवाहरुलाई आग्रह गरिन्। उनले आयोजित महोत्सवले भावनात्मक एकतासंगै महोत्सवभित्र गरिएका निशुल्क स्वाथ्य शिविर ,रक्तदान ,अशक्त अपाङ्गहरुलाई ह्यिुलचिय तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण जस्ता सामाजिक कार्यले महोत्सव सफल भएको र नयाँ सन्देश पनि दिएको उल्लेख गरिन् ।
महोत्सव अवधिमा भएका निशुल्क स्वास्थ्य शिविरमा करिब ११ सय विरामीहरुले स्वाथ्य जाँच गराएका थिए भने निशुल्क रुपमा औषधि वितरण समेत गरिएको थियो । त्यस्तै ५७ जना अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर वितरण गरिएको थियो । महोत्सवमा ५०० जना जेहेन्दार तथा पिपन्न परिवारका विधार्थीहरुलाई शैक्षिक सामाग्री र छात्रावृति वितरण गरिएको प्रवत्ता श्रेष्ठले जानकारी दिए ।

Related