बागलुङको गल्कोट हटियाबाट छुटेको जीप गुल्मी बिशुखर्कमा दुर्घटना दुइको मृत्यु
तपाईको प्रतिक्रिया





गुल्मी । गुल्मीको विशुखर्कमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बागलुङको हटियाबाट शान्तिपुर तर्फ आउँदै गरेको लु १ ज २१८९ नम्वरको जिप विशुखर्कमा दुर्घटना हुँदा जिप धनी चन्द्रकोट गाउँपालिका–२ का ३५ बर्षिय लालबहादुर गुरुङ्ग र ५२ बर्षिय चालक भरत गुरुङ्गको ज्यान गएको हो ।
जिप गएराती सात आठ बजे नै दुर्घटना भएको हुनु पर्छ तर आज विहान मात्र स्थानियले देखेर खबर गरे,– चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले भने–‘ उनिहरु दाजु भाई हुन, दशैको बेला यस दुखद घटनाले हामीलाई स्तब्ध पारेको छ ।’
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी नायव उपरिक्षक रोशन खड्काले घटनाको पुष्टि गर्दै दुई जना भन्दा बढि जिपमा सवार नरहेको बताए ।
Related