पोेखरामा मध्यरातमा अशक्त महिलामाथि बलात्कार गर्दैगर्दा एकजना रंगेहात पक्राउ
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा – पोखराको बगालेटोलमा बेवारिसे महिलालाई बलात्कार गरिरहेको अवस्थामा एक पुरुष मध्यरातमा रंगेहात पक्राउ परेका छन् । सोंपाल तमु समाज भवन हुँदै पर्स्याङ निस्कने सुनसान सडकमा अधबैँसे अशक्त महिलामाथि बलात्कार गरिरहेको अवस्थामा बटुबाले देखेपछि प्रहरीलाई खवर गरेका थिए। वडाप्रहरी कार्यलय बैेदामको टोली तत्कालैघट्नास्थल पुगेर उनलाई पक्राउ गरेको थियो।
४० वर्ष हाराहारीका बाग्लुङ मुलपानी घर बताउने अर्जुन पन्तले मदिरा लठ्ठीएको उक्त घृणित कार्य गरेको अवस्थामा फेलापरेका थिए ।उनी लुम्बिनी बैंकको कर्मचारी रहेको र दसैँको पार्टीमा रमाइलो गरेर फर्किरहेको बताएका छन् ।
दुईजना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए, बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्तो अस्वभाविक आवाज सुनेपछि पन्तले गलत कार्यगरिरहेको अवस्थामा भेटिएका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ ।
अचेत अवस्थामा भेटिएकी महिलाको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवारको अवस्था थाहा हुन सकेको छैन । उनलाई अस्पताल पठाईएको छ ।
पन्तले सोमबार राति ११ः३० बजे माफी माग्दै बरु गोलि ठोक्नु तर प्रहरीलाई खबर नगर्नु भनेको प्रत्यक्ष दर्शि वटुबाले बताए। पन्त पक्राउ परिसकेको र सो विषयमा थप अनुसन्धान गरिने बैदाम प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।
Related