• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पूर्व राजा भन्छन्– ‘अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ’

  •      /३० आश्विन २०७५, मंगलवार १६:०७ ,  प्रकाशीत
  • काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देश कसरी बचाउने भन्ने चिन्ता व्यक्त गरेका छन् । दसैंको शुभकामना दिदैं उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

    करिव पाँच सातादेखि स्वदेशवाहिर रहेका पूर्व राजा शाह आज (मंगलबार) स्वदेश फर्किएलगत्तै दसैंको शुभकामना सन्देश दिँदै राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण मुलुक चिन्ताजनक अवस्थामा आइपुगेकोसमेत उनले बताए ।

    यतिबेला नेपालीबीचको सामाजिक सदभाव मेटिँदै जानुका साथै तराई, पहाड र हिमालमाझको एक्यभाव तोड्ने भगिरथ प्रयत्नसमेत भइरहेकोले समीक्षा र आत्ममूल्याङ्कनको घडी आएको पूर्व राजाले आफ्नो सन्देशमा प्रकट गरेका छन् ।

    यस्तो छ पूर्व राजाको शुभकामना सन्देशको पूर्णपाठ-

    प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,

    विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।

    नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्यम् आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू सङ्कटमा पर्दै जानु सबै नेपालीका लागि विषद् बनेको छ ।

    देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अविभाज्य मुलुक र सदभावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु ।

    देशमा शान्ति सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु-मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्युनीकरण हुने, कोपिला बालबालिकाहरू समेत सुरक्षित र संरक्षित रहन नसक्ने, विभिन्न आकार–प्रकारका सरकारहरूबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजवुत हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ ।

    देश बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ । हरेक उपलब्धिहरू परिवर्तन हुन् तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।

    आज नेपालीबीचको सामाजिक सदभाव मेटिँदैछ भने तराई, पहाड र हिमालमाझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्याङ्कनको घडी आएको छ । आफैंलाई साक्षी राखेर देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.