• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दशैंको पूर्वसन्ध्यामा चोरको बिगबिगी, १ सय १८ चोर पक्राउ

  •      /३० आश्विन २०७५, मंगलवार १२:२४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोेखरा ।नेपालीहरूको महान् चाड दशैं तथा तिहारको समयमा चोरहरू अत्यधिक रूपमा सक्रिय रहने गरेका छन् । यस वर्षको दशैं शुरू हुनुभन्दा अगाडि करिब दश दिनको अवधिमा प्रहरीले काठमाडौंबाट मात्र चोरी गर्ने १ सय १८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार परिसरबाट खटिएको टोलीलगायतले चोरी गर्दै गर्दा, चोरी गरेर भाग्दै गर्दा र लुकिछिपी बसेको अवस्थामा चोरहरूलाई नियन्त्रणमा लिएको हो । उनले भने, ‘पछिल्लो समयमा त चोरहरू चोरी गर्दागर्दैको अवस्थामा नै पक्राउ पर्ने गरेका छन् ।’ सिभिल प्रहरीको सक्रियताले रंगेहात पक्राउ गर्ने सफलता मिलेको उनको भनाइ छ ।
    राजधानीको न्यूरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बसपार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरू सक्रिय रहेको एसएसपी लामाले जानकारी दिए । बढी आर्थिक कारोबार हुने र भीडभाड भएको क्षेत्रमा भीआईपी पकेटमार सक्रिय हुने उनले बताए । भीड भएको ठाउँ र सार्वजनिक सवारीमा यात्रा गर्दा ध्यान दिन उनको सुझाव छ ।
    हाल दिनको समयमा सयको हाराहारीमा र रातिको समयमा १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको एसएसपी लामाले जानकारी दिए । काठमाडौंमा ३ सयदेखि ५  सय जना पाकेटमार सक्रिय रहेको उनको भनाइ छ । उनका अनुसार तिनमा पनि आधाभन्दा बढी पटके पाकेटमार रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.