• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दशैंले रोकेन पोखरा बिमानस्थल निर्माणको काम, समयसिमा भित्र सक्ने भन्दै दैनिक कार्य तिरन्तर

  •      /१ कार्तिक २०७५, बिहीबार ११:२३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा। निर्माणाधिन पोखरा क्षत्रीय अन्तराष्ट्रीय बिमानस्थलको काम दशैको बेलामा पनि जारी रहेको छ । समयमै काम सक्काउने लक्ष्यका साथ अघि बढिरहेको काम देशभर बिदा भए पनि रोकिएको छैन।

    चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    निर्माण कार्यको गति योजना अनुसार अघि बढिरहेको र समयमा नै सम्पन्न गर्ने लक्ष्य रहेको ईआरएमसी-ए-नट-स्लेट जेभी  मार्फत परामर्श दातृ समुहको नेतृत्व गरिरहेका इ.कमल कार्कीले जानकारी दिएका छन्।

    निर्माणकार्यका क्रममा रन वेमा सब बेस बिच्छ्याउने, नहर निर्माण , माटो काट्ने काम लगायत समाग्रीहरुको प्रयोगशाला परिक्षणहरु गरिने कार्कीले जानकारी दिए।

    रनवेमा सब बेस बिच्छ्याउने क्रममा पेभर प्रयोग गरिएको छ। यसअघि ग्रेडर प्रयोग गरिने गरिएको पनि कार्कीले बताएका छन्।

    चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीचको सम्झौताअनुसार इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

    पोखरा अन्तराष्ट्रीय बिमानस्थलको निर्माण कार्यमा परामर्शदाताको भुमिका पुर्ण रुपमा नेपाली कम्पनीहरु नै प्रयोग भएको यो पहिलो पटक हो । नेपाली परामर्शदाता कम्पनीले पनि अन्तराष्ट्रीय स्तरको काम गर्न सक्षम रहेको सन्देश दिन पनि कामको गुणस्तर र तिव्रतामा बढी ध्यान दिईएको पोखरामा रहेका ईन्जिनियर कार्कीले बताएका छन्।

    बिजयादशमीको एकदिन काम बन्द हुनेछ र चिनियाँ एवं नेपालीहरु मिलेर दशैं मानउने र चिनयाँहरुलाई दशैं र हाम्रो संस्कृतिका बारे जानकारि दिने योजना पनि कार्कीले सुनाउन भ्याए।

    चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को तीन हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

    sorce hamrokura.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.