• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रचार–प्रसारका अभाबमा स्याङ्जाको ऐतिहासिक आलमदेवी मन्दिर

  •      /१ कार्तिक २०७५, बिहीबार ०६:१९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    स्याङ्जा/शाहवंशका कूलका रुपमा रहको आलमदेवी मन्दिरमा मगरजातीका पूजारी रहने गरेका छन् । स्याङ्जाको हरिनास गाउँपालिकाको चिन्नेबासमा रहेको आलमदेवी मन्दिर धार्मिक मात्र होइन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । नेपाल राज्यको एकीकरणपछि शाहवंशीय तत्कालिन राजपरिवारले कूलदेवीका रुपमा पूजा गर्दै आएका छन् ।

    आलमदेवीको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । दशैं सुरुभएसँगै यस मन्दिरमा भक्तजनको घुँइचो बढेको छ । प्रत्येक वर्षको दशैंमा शाहवंशीय राजपरिवार आलमदेवी पुग्ने गर्छन । तर, यसवर्ष पूर्वराजाका परिवार आएका छैनन् । यस मन्दिरमा मगर जातीका पुजारी रहने गरेका छन् ।

    दशैं र चैते दशैंमा यहाँ रागा, बोका, भेडा, परेवा र कुखुराको बलि दिने चलन रहेको छ । स्याङ्जा, गुल्मी, पाल्पा, कास्की, रुपन्देही लगायत मुलुकका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् ।

    पञ्चेवाजा र पञ्चवली सहितको पूजा, चैते दशैंमा हुने तरवार सहितको नाचले मन्दिरको आकर्षणलाई अझ बढाएको छ । दशैं तथा मेला बिशेषमा ५ जना सम्म पुजारी राखिने मन्दिरमा अरु वेला २ जना पुजारी रहने गरेका छन् । धार्मिक तथा पर्यटकीय महत्व बोकेको आलमदेवी मन्दिरको संरक्षणमा खासै ध्यान दिइएको छैन ।

    पर्यटकीय आकर्षण समेत रहेको यस मन्दिरको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक देखिएको छ । यसले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने स्थानीयको सुझाव रहँदै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.