आज एकादशी : आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा : । आज एकादशी, दशैंको टीकाको दोस्रो दिन । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टिकाको दिन मात्र टीका लगाउने चलने छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन वर्त बस्ने, फलाहारमात्र सेवन गर्ने चलन रहेको छ ।
विजया दशमीको भोलिपल्ट पर्ने यो दिन कतिपय ठाउँमा दशैंको टीका लगाउने चलन रहँदै आएको छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्र पछि पर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेलाई नाश गर्र्ने एकादशीका रुपमा प्रख्यात छ ।
Related