कृष्ण अन्जान ज्ञवाली
गुल्मी । करिब पन्द्र बर्ष अघि द्नन्दमा मारिएका भोजराज ज्ञवालीकी श्रीमती यमकला ज्ञवाली हुन यिनी।घटनाले पन्द्रौ बर्षको नेटो काट्यो तर यमकलाका लागि दशेै तिहार कहिल्यै आएन ।
२०६० साल कार्तिक ९ गते उनाका पतिको नवलपरासीको सुनवलमा तत्कालीन बिद्रोही माओबादीको गोली लागेर मृत्यु भएको थियो ।भारतमा ३२ बर्ष बसेर नेपाल फर्किएका भोजराज ज्ञवालीले गुल्मीबाट नवलपरासीको सुनवलमा सानो चिया पसल गर्थे ,एउटा बिहान उन्मादि बन्दुकले आफ्नै चिया पसलमा उनको छाति छेड्यो ।
सामान्य नागरिक भोजराज ज्ञवालीको मृत्युुलाइ क्रसफाएर भनेर राज्य र गोलि प्रहार गर्ने माओबादी समेतले टार्ने प्रयास गरे तर त्यो घटनामा मात्र माओवादीको गोली चलेको थियो।यि पन्द्र वर्ष यमकलाका लागि कहालि लाग्दो बर्ष बनेर बित्दै छन ।लोग्ने मारिएपछिको पिडामा एकोहोरिने र मानसिक समस्या सँग धेरै बर्ष सम्म जुधिरहीन यमकला ।
यतिबेला उनि गुल्मी रुरु गाउँ पालिकाको च्युृरेक गाउँमा पतिको पुर्ख्यौली घर एक्लै कुर्दै छिन ।दिनभरि एकोहोरो बन्छिन बिस्तारै उमेर ढल्किँदैछ उनको ।छोरीको विवाह भयो छोरा अवसरको खोजि भन्दै शहर पसेको धेरै भो ।एकातिर द्वन्द्वको पिडा अर्काे तिर एक्लो जिन्दगी यमकलाका लागि सहिनसक्नु छ ।
आँगनमा सयपत्रि फुलेको छ गाउँ घरमा दशैँ आएको छ तर उनि एकोहारिएर मात्र घर कुरेर बसेकि छन ।राज्यमा अनेकौँ परिवर्तन आए कति पटक उनले भोट दिएका जनप्रतिनिधिले जित हासिल गरे तर द्वन्द्वमा उनले भोगेको पिडाबारे कसैले सोधेन ।
उनि पछिल्लो पटक झन बिछिप्त बनेकि छन जान त उनको घर अगाडिबाट सडक खनिएको छ तर उनको घर उक्त सडकको कटानमा परेका कारण जोखिममा छ ।
द्वन्द्व पिडित यसैत पिडामा छन राज्यले सँरक्षण गर्नुको साटो उठिवास बनाउने काम गरेकोमा उनको मन रोएको छ ।

Related