शुभेच्छा न्यूज
पोेखरा ।बाराको जितपुर सिमरा उपमहानगरपालिका-४ को औराहमा दुईजना छोरालाई झुन्ड्याएर बाबुले पनि आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुईजना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
रामले ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक शुभाष हमालले जानकारी दिए। ‘घरभित्र ढोका लगाएर आत्महत्या गरेका थिए,’ प्रहरी निरीक्षक हमालले भने,‘पहिला छोराहरूलाई डोरीले झुन्ड्याएर पछि आफूले आत्महत्या गरेको देखिन्छ।’
तीनैजनाको शव पोष्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको प्रहरी निरीक्षक हमालले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पत्नीले छाडेकी थिइन् रामलाई तीन दुई वर्षअघि पत्नीले छाडेकी थिइन्। पत्नीले छाडेपछि दुईजना छोरा रामले पाल्दै आएका थिए। अधिकांश समय मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ।

Related