सरकारले स्मार्ट कार्ड’ निजी कम्पनीमा छाप्दै, ४५ दिनभित्र ५ लाख कार्ड छाप्ने
तपाईको प्रतिक्रिया





शुृभेच्छा न्यूज सम्वाददाता
काठमाडाैँ । स्मार्ट कार्ड अर्थात् अाधुनिक सवारीचालक अनुमतिपत्र आजदेखि निजी कम्पनीले समेत छाप्ने भएका छन् ।यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिएअनुसार आजदेखि दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छापिने भएको हो ।
मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णयअनुसार मालिका इन्कर्पोरेटेड प्रालिले आजबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्ने छ ।
निजी कम्पनीले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गर्ने विभागको दावी छ । यातायात व्यवस्था विभागले खरिद गरेको मेसिनमा बारम्बार समस्या आएपछि हाल ट्रायल पास गरेका साढे पाँच लाख चालक स्मार्ट कार्डको प्रतीक्षामा छन् ।
विभागले नौवटा मेसिन सञ्चालन गरेर दुई महिनाभित्र सबै स्मार्ट कार्ड वितरण गर्ने योजना अगाडि सारेको थियो । विभागले २०७२ मंसिरबाट स्मार्ट कार्ड वितरण प्रक्रिया सुरु गरेको थियो ।
Related