स्याङ्जामा जिपले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
/६ कार्तिक २०७५, मंगलवार १३:५३ , प्रकाशीत
शुृभेच्छा न्यूज सम्वाददाता
पोखरा । स्याङ्जामा जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गल्याङतर्फ जादै गरेको लु १ च ७२५६ नम्बरको पिकअप जिपले विपरित दिशाबाट आउदै गरेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गामा ठक्कर दिदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गुल्मी मालिका गाउपालिका-१ की रुपा थापा मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटरमै सवार अर्का व्यक्ति रुपाका श्रीमान महेश पुन मगरको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको पुरीले जनाए ।

Related