• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङजा हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायणले कुटे प्रहरी

  •      /७ कार्तिक २०७५, बुधबार १२:४४ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    स्याङजा। स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि हातपात गरेका छन्। हरिनास वडा नम्वर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा सामान्य विवाद हुदा अध्यक्ष मानन्धरले प्रहरी माथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

    आक्रमणबाट दार्सिङ प्रहरी चौकीका जवान रामनारायण चौधरी घाईते भएका छन्। क्याक्मी र दार्सिङका युवाहरुबीच खेलका क्रममा विवाद उत्पन्न भएको थियो। सो विवादलाई रोक्न नसकेको भन्दै प्रहरी माथि आक्रमण भएको हो।

    घटनावारे छानविन भईरहेको स्याङजाका प्रहरी प्रमुख जयराज साप्कोटाले जानकारी दिए। उनले दुई पक्षकोबीचमा विवाद साम्य पार्न खोज्दा प्रहरी माथि नै ठेलम्ठेल भएको बताए। प्रहरी प्रमुख साप्कोटाले गाँउपालिकाका अध्यक्ष मानन्धरलाई प्रहरीचौकी बोलाईएको जानकारी दिए।

    उता घाईतेको मेडिकल रिपोर्ट तथा घटना वारे सवै विवरण पेश गर्न प्रहरीलाई निर्देशन दिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए। गाँउपालिकाका प्रमुख स्थानीय सरकार प्रमुख समेत भएका भन्दै कानुन हातमा लिनेकाम कोही कसैबाट हुनुनहुने स्पष्ट पारे। उनले कानुन हातमा लिईएको पाईएमा कारवाही हुने स्पष्ट पारे।

    यता गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि एक झापड हानेको स्वीकार गरे। उनले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाए। उनले दार्सिङका युवाहरुले हातहतियार सहित आक्रमण गर्दा पनि प्रहरी रमिते बनेको बताए।

    आफ्ना माईला दाजु सोमनारायण मानन्धर माथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज, कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको जानकारी दिए। मानन्धर तत्कालिन नेकपा एमालेवाट अध्यक्षमा निर्वाचित भएका हुन्।

    hamrakura.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.