• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्युठानको सरुमारानी बड्डडाडाका घर घरै खानेपानीका धारा

  •      /७ कार्तिक २०७५, बुधबार ०३:५४ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    प्युठान  । जिल्लाको सरुमारानी गाउंपालिका –४ बड्डडाडामा अहिले चौबीसै घण्टा खानेपानी सुविधा पुगेको छ । बड्डडाडा बजार भन्दा ६ किलोमिटर पश्चिममा रहेको डिङ्लाङ खोला मुहानको पानी संकलन गरी वितरण गरेपछि यहाका १४५ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको डिङ्लाङ्खोला लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाका सचिब पुष्पराज न्यौपानेले जानकारी दिए ।

    संस्थान र सार्वजनिक स्थलमा समेत पानीका धारा जडान गरिएका छन। उनका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान गरी चौबीसै घण्टा पानी उपलब्ध गराइएको छ । बिभिन्न ५ ठाउँमा ६ देखि २० हजार लिटर क्षमताका रिजभ्वाएर ट्याकी निर्माण गरि प्रत्येक घरमा पानीका धारा पुर्याईएको हो।

    गाउपालिकाको ९ लाख ८१ हजार तथा स्थानियको २१ लाख श्रमदान सहित कुल ९८ लाख १० हजार ७ सय ६६ रुपैयां लागतमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण प्युठानले निर्माण सम्पन्न गरेको वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले बताए ।

    योजना सम्पन्न भएसंगै बड्डडाडामा हुने खानेपानी संकट दिर्घकालिन रुपमै समाधान हुने उनले बिश्वास ब्याक्त गरे। सार्वजनिक बसमा यात्रा गरेर घरमा खानेपानीको जोहो गर्ने यहाका स्थानियलाई घरमै दिनरात पानीको उपोभोग गर्न पाएपछी सजिलो भएको छखानेपानीका लागि पाउनु दुख पायौं स्थानिय २४ बर्षिया सागर राउतले भने धारामा अहिले चौबिसैघण्टा पानी आउंछ। खुब राहत मिलेको छ।

    ‘विगतमा पानीको ठूलो हाहाकार मच्चियो’ स्थानीय सागर राउत भन्छन बसको यात्रा गरी पानी ल्याएर खाने गथ्र्यौं । पानीकै लागि धेरै समय बिताउनुपथ्र्यो । अहिले घरमै खानेपानी आएपछि सजिलो भएको छ ।’ नजिक पानीको मुहान नहुंदा करिव डेढ किमि टाढा रहेको पाकुरीखोला मुहानबाट स्थानियले बस कुरेर पानीको जोहो गर्दै आएका थिए।

    सरुमारानी ४ का वडाअध्यक्ष चिन्त बहादुर सोमैले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेकाले पश्चिम नेपालसँगको समन्वयमा खानेपानी योजना निर्माण गरेको बताए । ‘यहाँ खानेपानीको समस्या पहिल्यैदेखि थियो,’ उनले भने, ‘अबदेखि स्थानीय बासिन्दाको समस्या र्टयो, यसलाई गाउँपालिकाले समेत उपलब्धिका रूपमा लिएको छ ।’खानेपानी योजना सम्पन्न भए पश्चात् १ सय ४५ घरधुरीका ७ सय ३७ जना लाभान्वित भएका छन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.