• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले सुरुङ मार्गको डिपिआर बनाइदिन तीन देशसँग प्रस्ताव

  •      /८ कार्तिक २०७५, बिहीबार ०६:४० ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    पोखरा । सरकारले देशभर बनाउने भनेर घोषणा गरेका ६ वटा सुरुङ मार्गको अध्ययन गर्न दातृ मुलुकहरूसँग प्राविधिक सहयोग दिन प्रस्ताव गरेको छ। चालू वर्षको बजेटमा सातवटा ६ वटा सुरुङको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ।

    अर्थ मन्त्रालयले सुरुङको अनुभव र प्रविधि भएका मुलुकसँग अध्ययन तथा प्राविधिक सहयोग गरिदिन प्रस्ताव गरेको हो। चीन, जापान र स्वीट्जरल्यान्डलाई २/२ वटा सुरुङको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाइदिन मन्त्रालयले प्रस्ताव गरेको छ।

    तीमध्ये स्वीट्जरल्यान्डले बुटवल–पाल्पा सडकखण्डाको सिद्धबाबामा सुरुङ बनाउन पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ भने डिपिआर पनि बनाउन सहमत भइसकेको छ।

    बजेटमार्फत् सरकारले टोखा–छहरे, सिद्धबाबा, बीपी राजमार्गको खुर्कोट–चियाबारी, दिपायलको विपिननगर–खुटिया र थानकोट–चित्लाङमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। त्यस्तै कोटेश्वर–जडिबुटीमा पनि सरकारले सुरुङ बनाउन अध्ययन गर्ने घोषणा गरेको छ।

    नागढुंगा– नौबिसेमा सुरुङ मार्ग निर्माणको काम यही वर्ष सुरू हुने भएको छ। यो मार्ग जापान सरकारले बनाइदिन लागेको हो।

    यसरी दातृ निकायबाट प्राविधिक सहयोग स्वरुप पूर्णतया अनुदान हुने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक साहयता समुन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.