• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा प्रिमियर लिग आज देखी, पोखरा पल्टन र विराटनगर उद्घाटन खेलमा भिड्दै

  •      /९ कार्तिक २०७५, शुक्रबार ०४:१८ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    पोखरा।पोखरा प्रिमियर लिग (पीपीएल) ट्वान्टी–२० क्रिकेट शुक्रबार पोखरा रंगशाला मैदानमा सुरु हुँदै छ  । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

    शरद भेषवाकरको कप्तानीमा पोखरा पल्टन मैदान उत्रँदै छ । सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर टाइटन्समा पनि अनुभवी युवाको वर्चस्व छ । कप्तान शरदले बलियो आत्मविश्वाससाथ मैदानमा उत्रने तयारी गरेको बताए । ‘तयारी राम्रै भएको छ,’ उनले भने, ‘घरेलु टिम पनि हो । बेस्ट दिएर प्रदर्शन गर्छौं ।’

    उनीसहित टिममा रोहित पौडेल, विनोद भण्डारी, ललित राजवंशी, महबुब आलम जस्ता राष्ट्रिय खेलाडी छन् । कुशल भूर्तेल, कृष्ण कार्की, रशिद खान, विक्रम भुसाल, आशिफ शेख, इशान पाण्डे र दिवांशु मल्लिक पोखरा पल्टनमा छन् ।

    विराटनगर टाइटन्स पनि पोखरा पल्टनलाई हराएर लिगमा सुखद सुरुआत गर्ने पक्षमा छ । स्टार प्लेयर सन्दीप लामिछानेको कप्तानीमा उपाधि आºनो पोल्टामा पार्ने गरी तयारी गरेको टिमले जनाएको छ । टिममा दीपेश श्रेष्ठ, प्रदीप ऐरी, सुनील धमला, किशोर महतो, शाहब आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, राजु रिजाल, जितेन्द्रसिंह ठकुरी, रविन जोशी र हिमांशु दत्ता छन् ।

    क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले गरेको पीपीएल नेपालको सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता हो । विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।

    पीपीएलका उत्कृष्ट ब्याट्सम्यान र बलर तथा म्यान अफ द सिरिजमा चुनिनेले सुजुकी जिक्सर मोटरसाइकल पाउने छन् । प्रत्येक खेलको उत्कृष्टले रिलायन्स सुपरटेक म्यान अफ द म्याचले १० हजार रुपैयाँ र ५ हजारबराबरको गिºट पाउने छन् । साथै प्रत्येक खेल जित्ने टिमलाई विनिङ बोनसस्वरुप १५ हजार ५ सय प्रदान गरिने छ । प्रतियोगितालाई नमस्ते प्रिमियर बियरले प्रायोजन गरेको छ ।

    लिग चरणमा पहिलो हुने टिम फाइनल पुग्छन् । दोस्रो र तेस्रो हुने टिमबीचको विजेता पनि फाइनल पुग्छ । पोखरा पल्टन र विराटनगर टाइटन्ससहित पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोज, ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौं रोयल्स, सोमपाल कामी मार्की प्लेयर रहेको बुटवल ब्लास्टर्स र दीपेन्द्र ऐरी मार्की प्लेयर रहेको धनगढी ब्लुज प्रतिस्पर्धामा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.