• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिनाभिसा श्रम स्वीकृति दिने २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

  •      /९ कार्तिक २०७५, शुक्रबार १३:२३ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    पोखरा।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालयका २५ जना कर्मचारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।

    वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालयका कर्मचारीहरुले बिचौलियाको मिलेमतोमा बिना भिसा एवं गलत कागजातहरुमा श्रम स्वीकृति (स्टिकर) प्रदान गरे गराएको खुल्न आएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

    अख्तियारले शाखा अधिकृत हरिप्रसाद देवकोटा¸ शाखा अधिकृत दीपककुमार आचार्य¸ शाखा अधिकृत गणेशविक्रम शाह¸ शाखा अधिकृत दिनेशकुमार राई¸ शाखा अधिकृत पवित्रा श्रेष्ठ र शाखा अधिकृत रामप्रसाद ओलीविरुद्ध मुद्दा दायर गरेको छ।

    त्यसैगरी, नायव सुब्बाहरु अमरराज जोशी¸ विष्णुहरी निरौला¸ दिलबहादुर खत्री¸ हेमराज पाण्डे¸ कर्णबहादुर नेपाली¸ केदार घिमिरे¸ मदन गिरी¸ खगेन्द्र पोखरेल¸ लक्ष्मीदेवी भूषाल¸ नगेन्द्रप्रसाद गौतम¸ रवीन्द्र घिमिरे¸ रघुनाथ केसी¸ योगेन्द्र खत्री¸ केशवराज ढुंगानाविरुद्ध पनि सोही अभियोगमा मुद्दा दायर गरिएको छ।

    कम्प्युटर अपरेटरहरु अमर महरा¸ चक्रबहादुर पराजुली¸ डम्बरबहादुर विश्वकर्मा¸ धनवीरसिंह भाट¸ राजकुमार शाही समेतका २५ जना उपर भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ।

    त्यसैगरी, सरकारी कर्मचारीसँगको मिलेमतोमा गलत कागजात संलग्न गरी श्रम स्वीकृति लिने र दिलाउने काममा सहयोगी बनेका राजिवकुमार पञ्जियार र विकास थापाविरुद्ध पनि विषेश अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।

    deshsanchar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.