• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात

  •      /९ कार्तिक २०७५, शुक्रबार ०९:१३ ,  प्रकाशीत
  • घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।पर्यटकिय नगरी पोखरामा आजबाट सुरु भएको पीपीएलको उद्घाटन खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले हरायो।

    पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाएको थियो। पोखराका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे भने विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा नटआउट ४१ रन बनाए।

    पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ५३ रनको साझेदारी गरेका थिए। कुशलले ३८ रन बनाए। दोस्रो विकेटका लागि आसिफले रविन्दर सिंहसँग ९७ रनको साजेदारी गरेका थिए। आसिफल पोखराका लागि सर्वाधिक ५२ रन बनाए। रविन्दर सिंहले ४४ रन जोडे।

    १७औँ ओभरमा मात्र क्रिजमा पुगेका विनोद भण्डारीले ११ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ४१ रन जोडेपछि पोखराले उच्च स्कोर बनाएको हो।

    विराटनगरका लागि सन्दीप लामिछानेले २ तथा शहाब आलमले १ विकेट लिए।पोखराले दिएको १९८ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाएर १३९ रन मात्र बनायो।

    विराटनगरले सुरुवात देखि नै विकेट गुमाउँदा पोखराले दिएको लक्ष्य भेटाउन कठिन बनेको थियो। विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले ३०-३० रन बनाए। कप्तान सन्दीप लामिछानेले १४ रनमा नटआउट रहे।

    पोखराका लागि ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ वकेट लिए। यस्तै मेहबुब आलम, कृष्ण कार्की, कप्तान शरद भेषावकर, विक्रम भुषाल र रासिद खानले समान १ विकेट लिए।

    पीपीएलमा शनिवार चितवन राइनोज र बुटवल ब्लास्टर तथा काठमाडौँ रोएल्स र धनगढी ब्लुजबीच खेल हुनेछ। क्वीन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.