• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।

  •      /१० कार्तिक २०७५, शनिबार ०३:४३ ,  प्रकाशीत
  • मेषः– काम गर्दा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ । समयमा सचेत हुनु आवस्यक देखिन्छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

    वृषः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

    मिथुनः– दैनिक काम काजमा अवरोध आउने देखिन्छ । अरुको वोझले थिच्नेछ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । राज्यबाट दण्डित हुने अवस्था आउन सक्छ सतर्क रहनु होला ।

    कर्कटः– ग्रह,गोचरबाट दिन सामान्य अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । सहयोगी मन भेटिने छन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । मिलेर भने पटक्कै काम नगर्नु होला ।

    सिंहः– अविश्वासका बादल हट्ने छन् । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । शत्रु नास हुनेछन् । राजनैतिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।

    कन्याः– समय अरुको काममा बढि खर्च हुनसक्छ,आफ्ना कामलाई केन्द्र विन्दुमा राखेर गर्दा उपयुक्त हुनेछ । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । धर्मिक विश्वास बढ्नेछ ।

    तुलाः– तपाईको यात्रा अनुकुलताबाट प्रतिकुलता तिर मोडिनेछ विचार पु¥याउनु होला । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ ।

    वृश्चिकः– समय परिस्थितिले साथ दिनेछ । उपलब्धिका बाटाहरु देखिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको भर नपरि काम गर्नु होला । राजनैतिक गतिविधि सक्रिय भएर केहि मिल्ने छैन । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । भाग्यले साथ दिनेछ ।

    धनुः– कार्य सम्पादनमा कठिनाई हुनेछ । धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास गर्दा धोका हुनसक्छ ।

    मकरः– दुविधामा नपरि कार्य क्षेत्रमा अगाडि बढ्नु होला । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुने छैन । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । भय आतुरमा गरेका कामले पछि पिरोल्न सक्छ ।

    कुम्भः– समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना तयारी केहि नगर्नु होला । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । माल समान चोरी वा हराउन सक्छ ।

    मिनः– उपलब्धिका दृष्टिबाट दिन राम्रै देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । अन्य मार्ग सामान्य तथा वैदेशिक एवं शैक्षिक मार्ग सफल देखिन्छन् । नोटः– यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित सुराचार्य ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.