• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना

  •      /१२ कार्तिक २०७५, सोमबार ०३:११ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    पोखरा /स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ। गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो।

    शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ।चिकित्सको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारको उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

    यसअघि गत शुक्रबार नै चिकित्सकले केही दिन अस्पतालमै राख्नुपर्ने बताए पनि ओलीलाई चिकित्सकको निगरानीमा बालुवाटार नै राखिएको थियो। बालुवाटारमा क्याबिनेट चिकित्सक, कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा र फुड न्युट्रिसियन डा. सन्तकुमार दास  प्रधानमन्त्रीको उपचारमा खटिएका थिए।

    स्वास्थ्य अवस्था बिग्रिएपछि दशैँयता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका छैनन्। शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नभएपछि भने स्वास्थ्य अवस्थाबारे चासो बढेको हो।

    छातीको इन्फेक्सन  सुधार नभएपछि आइतबार बिहानका दुई सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी भएका थिएनन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.