• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समुदाय र प्रहरी हातेमालो गर्दै अगाडी बढ्नुपर्छ :मुख्यमन्त्री गुरुङ

  •      /१२ कार्तिक २०७५, सोमबार ०४:४७ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    पोखरा – ‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ देशैभरि एकैसाथ उद्घाटन भएको समुदाय प्रहरी साझेदारी उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समुदाय र प्रहरीसँगै हातेमालो गर्दै समाजका विकृतिहरुका विरुद्ध एकजुट हुनुपर्ने बताएका छन्। गुरुङलेअभियानमा प्रदेश सरकारको साथ रहेको बताए।

    प्रहरीको यस्ता जनमुखी अभियानले समृद्ध नेपाल र सुखी नेपाली भन्ने नेपाल सरकारको अवधारणामा अतुलनीय भूमिका निर्वाह गर्ने बताए। साथै उक्त अभियानको सफलताका लागि सवै सरोकारावाला पक्षको समेत उक्तिकै सक्रियता आवश्यक रहेको धारणा राखे।

    सामुदायिक प्रहरीको दीगो विकास तथा संस्थाको विकासका लागि साथै प्रहरी, स्थानीय तह, समुदाय र विद्यालयको सहकार्यत्मक भूमिकाबाट विविध कार्य सम्पादन गरी समाजलाई सुसूचचित एवं विकसित र अपराधरहित बनाउने उद्देश्यले थालनी भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको आइतबार उद्घाटन भएको छ।

    त्यस्तै, गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमानले समाजको हरेक पक्षको विकासका लागि सुरक्षा पहिलो आधार भएको बताए। उनले नेपाल प्रहरीको यस अभियानले आम नागरिकले आफुलाई सुरक्षित महसुस गर्नुका साथै प्रहरीप्रतिको जनविश्वास र आस्थामा बृद्धि हुनेमा जोड दिए।

    प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले सामुदायिक प्रहरी साझेदारी अवधारणाका विषयमा बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.