• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा फेक न्युज राख्ने पाथीभरा अनलाइनका सञ्चालक पक्राउ

  •      /१३ कार्तिक २०७५, मंगलवार १५:३४ ,  प्रकाशीत
  •  

     

    काठमाडौँ : प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा सामाजिक सञ्जालमा झुटा र भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालमार्फत् फैलिएपछि प्रहरीले कारबाही सुरु गरेको छ।

    यस क्रममा आज पाथीभरा अनलाइन डट कमका अध्यक्ष तथा सञ्चालक हरिप्रसाद मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ।

    महानगरीय अपराध महाशाखाका अनुसार स्याङजाको हरिनाथ गाउँपालिका घर भएका ४६ वर्षका मानन्धरलाई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ बाट पक्राउ गरिएको हो।

    उक्त अनलाइनमा भ्रमपूर्ण शीर्षक राखी सामाजिक सञ्जालमार्फत् फेक न्युज सेयर गरिएको थियो। प्रहरीले भ्रमपूर्ण समाचार राख्नेहरुविरुद्ध कारबाही जारी राख्ने बताएको छ।

    आफ्नो बारे भ्रामक समाचार फैलिएपछि प्रधानमन्त्री ओलीले आजै एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन्। केही अनलाइन र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निधन भएका भ्रामक खबर फैलिएका थिए।

    ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ ।

    यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु’, जारी वक्तव्यमा उल्लेख छ।

     

     

    sorce > pahilopost.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.