पर्वतमा गुणस्तर हिन ढलान भएको भन्दै नगरपालिकाले ढलान फोड्यो,ठेकेदार भन्छन् कामदारले गल्ति गरे
तपाईको प्रतिक्रिया





शुृभेच्छा न्यूज संम्वाददाता
पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा निर्माणधिन बिद्यालय भवनमाको निर्मामा चरम लपरवाही गरी गुणस्तर हिन सामाग्री प्रयोग गरेको आरोपमा ढलान नै फुटाइएको छ।
विश्व ज्योति माध्यमिक विद्यालय भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ ।
भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान भत्काइएको हो ।
भवनको ढलान गर्ने क्रममा टेका क्रस नभएको, जग कमजोर भएको, तोकिएको मापदण्डअनुसार रड प्रयोग नगरिएका कारण ढलानमा लापर्बाही भएको भन्दै स्थानीयवासीले नगरपालिकामा गुनासो गरेका थिए /
अनुगमनमा गएका प्राविधिक दीपक थापाका अनुसार बिम, स्ल्याप, लेभल, थिकनेस मापदण्डअनुसार छैन । “यही कारण भत्काउनुपर्ने बाध्यता भएको हो”, थापाले भने। “कमजोरी ढलानमा पाएका छौँ ।”
शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले आफूहरूले प्राविधिकसँग सहकार्य गरेर काम गर्न भने पनि त्यसअनुसार काम नगर्दा भवन निर्माण त्रुटी भएको बताए। “भवनको पिल्लर र बिमसमेत बाङ्गिएको पाएपछि हामीले काम रोक्नुहोस् भनेका हौँ”, उनले भने। “तर साँझमा हतारहतार ढलान गर्नुभएछ ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नरोकेमा भुक्तानी नदिने बताउँदा समेत टेर्नुभएन ।” उनले भने। तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतबाट भवन अनुदानअन्तर्गत रु ३६ लाखको लागतमा भवन निर्माण प्रारम्भ गरिएको थियो ।निर्माणको ठेक्का तेह्रथुमका निर्माण व्यावसायी रामकुमार लिम्बूले लिएका थिए।
निर्माणको जिम्मा लिएका लिम्बूले भने काम गर्ने क्रममा मिस्त्रीका कारण गल्ती भएको स्वीकार गरेका छन् । उनले सम्झौता भएको बजेटबाटै पुनः ढलान गरी तोकिएको मापदण्डअनुसार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Related