बढ्दो यात्रुको चापसंगै मनकामना केवलकारले थप्यो तीन डिब्बा’ अब दैनिक थप एकहजार यात्रुले सेवापाउने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
गोरखा। मनकामना दर्शन प्रालिले यात्रुहरुको चापलाइ मध्यनजर गर्दै आफ्नो क्षमता विस्तार गरेको छ । कुरिनटारमा सोमवार एक कार्यक्रमको आयोजना गरि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले केवलकारका थप तीन डिब्बा थप गरि उद्घाटन गरेका हुन् ।
यसअघि ३१ वटा डब्बाले सेवा दिइरहेका थिए । अब कुल ३४ वटा डब्बाबाट सेवा प्रदान गरिने मनकामना दर्शनले प्रालिले जनाएको छ । थपिएको डिब्बाबाट दैनिक १ हजार थप यात्रुहरुले आवत जावत गर्न सक्नेछन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘नेपालको पर्यटन क्षेत्रमा मनकामना केवलकार ईन्नोभेसनले धेरै महत्वपूर्ण योगदान पु¥याएको छ, यहि केवलकार ईन्नोभेसनमार्फत स्थापित भएको डेस्टिनेसन पनि हो’ ।
उनले मेचीदेखि महाकालीसम्म पर्यटकीय गन्तव्य भएको बताउँदै त्यसको विकास गर्नुपर्ने बताए ।पर्यटनमन्त्री अधिकारीले मुलुकमा पर्यटकहरुको ३० प्रतिशतले बृद्धि भएको बताउँदै त्यसमा आन्तारिक पर्यटकको योगदान पनि राम्रो रहेको बताए ।
मनकामना केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले हाल भारतीय पर्यटकहरु धेरै मात्रामा आउने थालेको बताए । गत वर्ष केवलकार चढ्नेमा २१ प्रतिशत भारतीय पर्यटकहरु थिए’ ।
१८ वर्षअघि सञ्चालनमा ल्याइएको यो केबलकारमा अहिलेसम्म १ करोड ३८ लाख भन्दा बढी व्यक्तिहरुले केवलकार चढिसकेका छन्।केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेको कप्नीले जनाएको छ ।
Related