पोखरा /पोखरा-पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार वडा कार्यालयबाट एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगरको कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो।
साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९,३०, ३१ बाट कर संकलन सुरु भएको पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माले जानाकारी दिए।
वडा नम्बर ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घरनक्साको राजश्व लगायत सबै कर तिर्न सकिने शर्माले बताए।
उनले भने ‘जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजश्व बुझाउन मिल्नेछ, महानगरको कार्यालय सम्म धाउन पर्दैन’ पायक पर्ने वडा कार्यालयमा कर तिर सकिने शर्माको भनाइ छ ।
पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरेर महानगरले कर संकलन सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए। असोज ५ गते राजपत्रमा कर सम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर संकलन सुरु गरेको हो।
शुृभेच्छा न्यूज सम्वाददाता

Related