• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण तिव्र ,१७ प्रतिशत काम सम्पन्न 

  •      /१५ कार्तिक २०७५, बिहीबार १२:३४ ,  प्रकाशीत
  • माधब पराजुली,

    पोखरा/पुर्व प्रधानमन्त्री एवम् अन्तराष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्ययन अध्ययन अनुगमन उपसमितिका संयोजक माधवकुमार नेपाल नेतृत्वको टोलीले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निरिक्षण गरेको छ ।

    विमानस्थल अनुगमनपछि नेता नेपालले तोकिएको मिति अर्थात आगामी २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा भौतिक पूर>्वाधार निर्माणमा निकै ढिला ढाला हुने गरेको बताउदै तोकिएकै मितिमा काम सम्पन्न गर्न नसक्नेहरु लाई सरकारले कडा कार्बाहि गर्ने बताउनुभयो ।

    “नेपालमा निर्माणभएका कुनै पनि बिमानस्थलको काम तोकिएको मितिमा सम्पन्न भएको छैन, निर्माणाधिन विमानसथल चाहे निजगढ, चाहे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन नहोस्, कुनै पनि काम सन्तोष जनक पाईएन उहाँले भन्नुभयो”काम नगर्ने जोकोही पनि पद वा जिम्मेवारीमा रहनु हुदैँन“ ।

    जिम्मेवारी वहन गर्न नसक्नेले पद वा कामको जिम्मा लिन नहुने उहाँको भनाई थियो । यद्यपि पोखरा विमानस्थलको काम भने सन्तोष जनक रहेको र आगामी दिनहरुमा पनि यस्तै तिब्र गतिमा काम गर्न निर्देश दिनुभयो ।

    गण्डकी प्रदेशका उद्योग,र्पटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो । प्रदेश सरकारले विमानस्थलको कामलाई नजिक बाट निहालिरहेको बताउदै सरकारको सन् २०२२मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार काम गर्न निर्देशन दिनुभयो ।

    निरिक्षण गर्न आउनुभएका नेपाललाई आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्ब भन्दा बढी अर्थात् करिब १२ प्रतिशत बित्तिय प्रगति भएको जानकारी गराउनुभयो ।

    राष्ट्रिय गौरवको पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यतिबेला टर्मिनल भवनको जग हाल्ने, रनवे सम्याउने, ट्याक्सी वे, एप्रोन, नाला निर्माणको काम धमाधम भइरहेको छ । उहाँका अनुसार जग्गा अधिग्रहण गर्दा अहिलेसम्म मुआब्जामा मात्रै ३ अर्ब सकिएको छ । विमानस्थल आसपासको सडकका लागि ५० करोड खर्च भइसकेको छ ।

    बिमानस्थल निर्माण पछी पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुनेछ । चीनको एक्जिम बैंकको करिब २२ अर्ब ऋण सहयोगमा २०७४ साउन १८ मा विमानस्थल निर्माणको काम सुरु भएको हो । १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ ।

    इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुने आयोजनाले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.