• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङजामा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता आजदेखि सुरु हुदै

  •      /१५ कार्तिक २०७५, बिहीबार ०४:२४ ,  प्रकाशीत
  • नरहरि पौड्याल
    पोखरा । नेपालमै पहिलो पटक स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ। कार्तिक १५ देखि १८ गते सम्म स्याङजाको भीरकोट नगरपालिका ५ स्वरेकमा आयोजना हुने वल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

    प्रतियोगिता स्याङजा जिल्लाको ११ वटै स्थानीय तह ,नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडीड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना गरिएको हो।

    पोखरा महानगरपालिकाले जग्गा उपब्ध गराउन नसक्दा पोखरामा हुने उक्त प्रतियोगिता स्याङजाको भिरकोटमा आयोजना गरिएको हो।वल्र्ड कप गर्नको लागि प्याराग्लाइडिङ उडान (टेकअफ) को लागि कम्तिमा ४० वाई ४० मिटर र अवतरण (ल्याण्डिङ) को लागि १०० वाई १०० मिटर जग्गा आवश्यक भएकाले उक्त जग्गा महानगरपालिकाले उपलब्ध गराउन नसक्दा पोखराको बिल्कपमा स्याङजाको भिरकोट छानीएको हो ।

    आज देखि सुरुहुने नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजनाको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए।

    पाराग्लाइडिङ विश्वकप कात्तिक १५ देखि १९ सम्म स्याङजाको भिरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुन लागेकोे श्रेष्ठले जानकारी दिए। ‘खेल धेरै विधाहरुमा हुन्छ,’ उनले भने, ‘पुरुष र महिला एकल र सामूहिक गरि पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।’

    चार दिन सम्म हुने एक्युरेसी प्याराग्लाईडिङमा स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानबाट उडेर वालिङ नगरपालिका ११ को डौंवा फाँटमा अवतरण गर्ने गरी तयारी भैरहेको छ । तोकिएको ठाउँबाट उडेर तोकिएको निश्चित घेराभित्र अवतरण गर्ने कार्यलाई एक्युरेसी भन्ने गरिन्छ । स्वर्ण, रजत र काँस्य गरी ४० पदक र ४ वटा वल्डकप ट्रफीका लागि महिला एवं पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।

    प्रतियोगितामा सहभागी हुनका लागि आवेदन दिएकाहरु मध्ये छनौंट गरेर मात्रै प्रतियोगितामा सहभागी गराईने बाबु एड्भेन्जर क्लबका सानुबाबु सुनारले बताए । ‘प्रतियोगिता हुने क्षेत्रमा हवाई मार्ग नपर्नु अर्को राम्रो पक्ष हो।’ सुनारले भने ‘यहाँको मौसम एघार महिना राम्रोसँग उड्न गर्न सकिने खालको र हावाको बहाव संगै मनमोहक हिमाल राम्रोसंग देखिने भएकाले यो स्थान प्याराग्लाईडिङका लागि उत्कृष्ट गन्तब्य हुने अपेक्षा गरेको छु।’

    ‘स्याङ्जामा पहिलो पटक प्याराग्लाईडिङको विश्वकप गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।’ जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख एवं प्रतियोगिता मुख्य समन्वय समिति संयोजक सीता सुन्दासले भनिन ‘प्रतियोगितालाई सफल पार्न हामीले जिल्लाका ११ वटै स्थानीय तहसंग समन्वय गरी तयारी तीब्र पारेका छौ।’

    प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत र पाकिस्तान लगायत ३० देशका खेलाडीले सहभागिता जनाउने छन्।

    सो प्रतियोगितामा १५० खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्ण पदक, मेडलसहित प्रमाणपत्र पाउने छन्। यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्वितीयले १२ सय र तृतीयले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक हात पार्ने छन्।

    प्रतियोगी खेलाडीहरु एउटै घेरामा ६ पटक खस्नुपर्ने छ । आकाशमा उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्न खुल्ला ठाउँमा एउटा घेरा बनाईएको छ। हरेक खेलाडी आकाशमा ६ पटक उड्नुपर्नेछ । उनीहरुले ६ पटक नै उक्त घेराभित्र प्याराग्लाइडिङ ल्याण्ड गर्नुपर्ने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.