• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतका पाँच स्थान पर्यटकीय गन्तव्यको सूचीमा

  •      /१६ कार्तिक २०७५, शुक्रबार ०६:५४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    कुश्मा । थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरिएको हो ।

    यसैगरी कुश्मा नगरपालिका–३ दुर्लुङमा सञ्चालित क्यानोनिङ र महाशिला गाउँपालिकामा रहेको महाशिला नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएको छ ।

    पञ्चासे कास्की, पर्वत र स्याङ्जा जिल्लाको सङ्गममा रहेको पर्यटकीय गन्तव्य हो । पोखराबाट नजिक रहेको यस क्षेत्र पदयात्रा, हिमशृङ्खलाको दृश्यावलोकन, धार्मिक केन्द्र र घरबासका कारण स्थापित पर्यटकीय गन्तव्य बनेको हो । कुश्मा नगरपालिका–४ कुश्माबजारमा रहेको गुप्तेश्वर गुफा सात तले अलौलिक गुफा हो ।

    मध्यपहाडी राजमार्गबाट ५०० मिटर तल रहेको यो गुफालाई पर्यटकीय र धार्मिक केन्द्रको रुपमा विकास गरिँदै लगिएको छ भने पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीमा कालीगण्डकी जलजविद्युत् केन्द्रमा बनेको जलाशयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

    गत वर्षदेखि सञ्चालनमा आएको कुश्मा नगरपालिका–३ दुर्लुङको क्यानोनिङ, केभिङ र महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिलामा शिवको सुतेको मूर्ति बनाई विश्वभरका पर्यटक र धार्मिक तीर्थयात्री भित्र्याउने योजना अघि सारिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.